काठमाडौं– चर्चित गायक तथा हास्य कलाकार प्रकाश ओझा मानव वेचबिखन तथा ओसार पसार मुद्धामा दश बर्षका लागि जेल चलान भएका छन् । २०७३ माघमा जिल्ला अदालत सुनसरीले ओझालाई दश बर्ष कैद सजायको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार भएका ओझालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रवार काठमाडौंको शंखमुलबाट पक्राउ गरेर फैसला कार्यान्वयनका जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
जिल्ला अदालत काठमाडौंको आदेशले ओझालाई कैद भुक्तानका लागी केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्युरोले जनाएको छ ।
गायक ओझाले २०५९ सालदेखि लगातार दुई बर्षसम्म तीनजना नाबालिकासँग अनैतिक सम्वन्ध राखेर खिचीएका अश्लिल भिडियो सार्वजनिक गर्ने धम्की दिएर पटक–पटक यौन शोषण गर्दै आएको अदालतले ठहर गरेको थियो ।






