‘निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ’

धनगढी, १३ माघ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचनको मिति छिट्टै घोषणा गर्न लागेको बताउनुभएको छ ।

टीकापुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित टिकापुर महोत्सव उद्घाटन गर्दै उहाँले भन्नुभयो – “तीन वटै तहको निर्वाचन गरी संविधान कार्यान्वयन गर्नेतर्फ सरकार लागिपरेको छ ।”

अर्थमन्त्री महराले टिकापुर नजिकको खक्रौला भन्सार नाकामा रहेको छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गर्ने र खक्रौला नाकादेखि निर्माणाधिन अवस्थामा रहेको सेती लोकमार्गलाई सरकारले बृहत् योजनाका रुपमा अघि बढाउन लागेको बताउनुभयो ।