सभासद्लाई पनि सुरक्षा जाँच

काठमाडौं, माघ ६ – एमाओवादी सभासद्हरुले मंगलबार मध्यराती संविधानसभाभित्र तोड्फोड गरेलगत्तै संविधानसभा भवनको सुरक्षा व्यवस्थामाथि कडाई गरिएको छ ।

सुरक्षाको कारण देखाउँदै संविधानसभा भवनभित्र छिर्ने सबै सभासद्हरुको जिउमा छाम्दै उनीहरुको मोबाइलसमेत जाँचिएको छ । स्मरण रहोस्, यसभन्दा पहिले सभासद्हरुको कहिँकतै पनि खानतलास गरिँदैनथ्यो ।

विपक्षीमात्र नभएर सबै सभासद्हरुको मेटल डिटेक्टरको सहायताले उनीहरुको खानतलासी गरिएको छ ।