किन मागे गुरुराज घिमिरेले गृहमन्त्रीको राजीनामा ?

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरेका छन् ।

मुलुक टुक्र्याउने धम्की दिएका सीके राउतलाई पक्राउ नगरेको भन्दै असन्तुष्ट घिमिरेले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

घिमिरेले फेसबुकमा स्टाटस लेख्दै आफुले केहीदिन पहिले सिके राउतले बोलेको विषयमा प्रधानमन्त्रीलाई समेत आग्रह गरेको स्पष्ट पार्दै सो कुराको सुनुवाई नभएको बताएका छन् ।

प्रधानमन्त्रीले आफ्नो आग्रहलाई कानाबतास नलगाएको बताउँदै आफुले आफ्नै पार्टीबाट गृहमन्त्री भएका निधिलाई आग्रह गरेको बताएका छन् । उनले सिके राउतलाई राजद्रोहको मुद्धा लगाउन समेत आग्रह गरेका छन् । यदि राउतमाथि कुनै कारबाही गर्न नसके पदबाटै राजीनामा दिन उनले गृहमन्त्रीसँग आग्रह समेत गरेका हुन् ।

यस्तो छ घिमिरेको स्टाटस–
उप-प्रधान एवं गृहमन्त्रीजी, जयनेपाल । मैले केहिदिन पहिले सिके राउतले लहानमा बोलेको बिषयमा प्रधानमन्त्रीजीलाई आग्रह गरेको थिएँ । उहाँको कानमा बतास लागेन । मैले तपाईलाई नै भन्नुपर्ने भयो, सिकेलाई राजद्रोह् लगाउनुस, अन्यधा पदबाट राजीनामा दिनोस् ।