कसैको दया मायाले संविधानसभा आएको होइन। गरिब, किसान, महिला, जनजाती जसको इतिहास छैन तिनले बगाएको रगतले । नयाँ राजाको रुपमा उपस्थित हुनेले फेरि सविधान सभाको अपहरण गर्दैछन्।

नयाँ शासक र नयाँ राजा मै हुँ भन्नेहरु आए। कहिले सात घण्टा ढिला आउने गरे बैठकमा। सहमति भनेको आफ्नो मात्र कुरा राख्ने हैन अरुको पनि सुन्ने हो,जसले राज्यको नेतृत्व गरिरहेका छन्, जसमा संख्याको दम्भ छ, उहाँहरुले गम्भीर ढंगले लिनुभएन। सहमति भइसकेको विषयलाई पनि मतदानमै लैजाने किन ? दुई दिन भित्र हुने सहमति ठीक हो कि १२६ दिन लामो प्रक्रियामा जानु ठीक हो ? प्रश्नावली निर्माण गरेर बहुमतिय प्रक्रियाबाट संवधान निर्माण गर्न १ सय २६ दिन लाग्छ। यो कसरी छिटो हुन्छ। जेठ सम्म पुग्छ।बाबुराम भट्टराईले उखान सुनाए- पोहोर मरिन् सासु अहिले आयो आँसु ।दलहरुबीच फाटो ल्याएर बन्ने संविधान सर्वस्वीकार्य हुनसक्छ ?अहिले पनि विवेक पुर्याउने हो भने दुई दिनभित्र सहमति कायम गर्न सक्ने संभावना छ। पहिचानका पाँच आधार हो। जातीय पहिचान हुनै सक्दैन भन्न मिल्छ? सहमति गर्ने अनि पछि हट्ने? जातीय अग्राधिकार कुनैलाई पनि नदिने भनिसकेपछि कसरी जातीय राज्य भयो? माघ ८ मा सविधान आउने बित्तिकै ९ गतेदेखि सुनको लका बन्छ भन्ने भ्रमबाट युवालाई मुक्त गर्नुपर्छ लाइभक्रान्तिकारीहरुको सँधै बहुमत हुँदैन: बाबुराम भट्टराई






