टर्कीस एयरलाइन्सको विमान दुर्घटना ,३० जनाको मृत्यु

अंकारा, माघ ३ । टर्कीस एयरलान्सको विमान किर्गिजिस्तानमा दुर्घटना भएको छ ।

Turkish-Airlines2

सोमबार मनास विमानस्थल नजिकै भएको सो दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको जनाइएको छ ।

बोइङ्ग ७४७ कार्गो विमान हङकङबाट इस्टानबुल गइरहेको थियो । कमजोर दृष्यशक्तिका कारण अवतरणको क्रममा रहेको विमान दुर्घटना भएको बताइएको छ ।

आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा कम्तीमा १५ वटा भवनमा समेत क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

मृतकमा चालक दलका सदस्य र केही स्थानीय रहेका छन् ।