लन्डन– रियो ओलम्पिक २०१६ मा सहभागी विश्वकै कान्छी ओलम्पियन पौडीकी गौरिका सिंह र तेक्वान्दो खेलाडी सियना लिम्बू लिङदेन लन्डनमा सम्मानित भएका छन् ।
नोआ आर्क स्पोर्टस साइन्स तेक्वान्दो एकेडेमी र इन्टरनेशनल नेपलिज तेक्वान्दो एकेडेमी (एन्टा यूके) ले शनिबार नर्थहोल्ट पार्क सोसियल क्लबमा आयोजित समारोहमा सम्मान गरिएको हो । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एकेडेमी अध्यक्ष एनजे गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके अध्यक्ष नारायणप्रसाद गुरुङ, गोर्खा वेलफेयर सोसाइटी यूके अध्यक्ष कृष्णबहादुर राई, तमुधिं लन्डन अध्यक्ष डेभिड गुरुङ, लामा धरम गुरुङ, बिजिएनएका तर्फबाट सन्जु गुरुङ, सरिता घर्तीमगर लगायतले सिंह र लिम्बूलाई सम्मान गरे ।
कार्यक्रममा एकेडेमी अध्यक्ष एनजे गुरुङ र नेपलिज क्रिश्चियन कम्युनिटी यूके अध्यक्षका रेबरेन्ड पास्चर तुलासिंह राईले क्रिसमसको ऐतिहासिक पक्षबारे बोलेका थिए ।
कार्यक्रममा नोआ आर्क स्पोर्टस साइन्स तेक्वान्दो एकेडेमी (पहिलेको एनजे तेक्वान्दो एकेडेमी) खेलाडीले तेक्वान्दो खेल समेत प्रदर्शन गरे । कार्यक्रममा गौरिकाका पिता डा. पारस सिंह, एनआरएनए आइसीसी सल्लाहकार लोकभक्त राणा, यती कोषाध्यक्ष जीवन सेन लगायतको उपस्थिति थियो ।
एलिना राई र दीपा गुरुङ राईले सञ्चालन गरेको उक्त कार्यक्रम सफल बनाउन एन्टा यूके महासचिव हयारी गुरुङको उल्लेख्य योगदान थियो ।






