सांसद पोखरेलसंग,प्रबासी नेपाली मंच बेलायतको अन्तरक्रिया सम्पन्न

लन्डन ।

प्रबासी नेपाली मंच बेलायत अन्तर्गत रेडिंग इलाका कमिटिको आयोजनामा गत डिसेम्बर २२ गतेका दिन नेपाल कम्युनिस्ट पार्टी एमालेका चितवन जिल्ला कमिटिका अध्यक्ष्य नेता, चितवन क्षेत्र नं. ३ का सांसद तथा कानुनविद कृष्ण भक्त पोखरेलसंग देशको समसामयिक राजनीतिक तथा वर्तमान संविधानले गैर आबासीय नेपालीहरुको नागरिकताको सम्बन्धमा बर्तमान संविधानले गरेको व्यबस्थाको बारेमा बेलायत रेडिंगमा ब्यापक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।ha

उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो भनाइ राख्दै नेता पोखरेलले देश राजनीतिक रुपमा संक्रमणकालमा रहेको र आर्थिक बिकासको चरणमा रहेको तर अनपेक्षित लामो संक्रमणकालिन अबधिको कारण थुप्रै खालका अनिश्चयताहरु देखा परेको चर्चा गर्नु भयो ।

यस भन्दा पहिलेका कुनै पनि संविधानले गैर आबासीय नेपालीलाई सम्बोधन गरेको थिएन तर अहिलेको संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहित स्पस्ट रुपमा परिभाषित गरेको छ तर नागरिक अधिकार उल्लेख नहुन यसको ठुलो कमजोरी रहेको र यसलाई थप गर्नु पर्ने कुरा बताउनु भयो  । प्रबासमा रहेर राजनीतिक अधिकारको समेत माग गर्नु उचित नहुने र भूगोलको राजनीति गर्ने चाहना राख्नु हुने जो कोहि पनि स्वदेश फर्केर राजनीति गर्न यस संविधानले कुनै रोकावट नगरेको कुरा औल्याउनु भएको थियो ।

वहाले देशका मुख्य पार्टीहरु देशको सार्बभौमिकता र रास्ट्रीयतालाइ केन्द्रमा राखेर पार्टी तथा सत्ता संचालन गर्ने भन्दा पनि के भनेर वा गरेर छिमेकीलाई खुखी बनाएर सत्तामा धेरै दिन टिक्न सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गरेको बताउनु भयो ।अहिलेको क्षेत्र नं. पाँचको बिभाजन पनि यहि कुराबाट निर्देशित छ भन्नु भयो  । उक्त अन्तरक्रीया कार्यक्रमको अतिथिको आसनबाट प्रबासी नेपाली मंचका अध्यक्ष राम शरण सिम्खडाले हालै सम्पन बाह्रौ स्थापना दिवशमा बेलायतबासी नेपालीहरुको व्यापक उपस्थितिको प्रसंशा गर्दै संसारभर छरिएर रहेका प्रबासी नेपालीहरुले अहिलेको संबिधानमा नागरिक अधिकार बिनाको नागरिकता पाउनु दुखद रहेको बताउनु भयो ।

सांसद पोखरेललाई बेलायतबासी नेपालीको बिनम्र अनुरोध छ कि एक पटकको नेपाली सधैको नेपाली हुनु पर्ने हाम्रो माग नेपाल सरकारलाई पुर्याउन सहयोग गर्न अनुरोध गर्नु भयो । सो कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्ण भक्त पोखरेलले कुमार के.सी, इन्द्र क्षेत्री, बिक्रम श्रेष्ठ, अर्जुन बस्नेत, कृष्ण रेग्मी, सुबास दाहाल, डा. नबिन आचार्य, कीर्ति विलास पन्त, प्रतिमा के.सी., नारायण गुरुङ, यादव श्रेष्ठ, डिल्ली घिमिरे, बालकृष्ण दाहाल, महेश आचार्य, नारद भण्डारी, रोशा भण्डारी तथा भीमसेन खड्काले राखेका गैर आवाशीय नेपालीको लागी वर्तमान संविधानले गरेको ब्यबस्था तथा अन्य समसामयिक राजनीतिको बारेमा राखेका जिज्ञाशाको प्रत्युत्तर दिनु भएको थियो ।

प्रबासी नेपाली मंच रेडिंग इलाका कमिटिको आयोजनामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा रेडिंगबासी बिभिन्न प्रबुद्ध महानुभाबहरुको उपस्थिति रहेको थियो  । कार्यक्रममा प्रबासी नेपाली मंच बेलायतका अध्यक्ष राम शरण सिम्खडा, प्रचार बिभाग प्रमुख कुमार के.सी, सल्लाहकार डा. कृष्ण रेग्मी, मंचका पुर्ब केन्द्रिय सदस्य द्वय डिल्ली घिमिरे तथा प्रतिमा के.सी., नेपाली समाजका पुर्ब अध्यक्ष्य द्वय अर्जुन बस्नेत तथा कृति विलास पन्त र समाजका पुर्ब उपाध्यक्ष्य डा. नबिन आचार्य को सहभागीता रहेको थियो । कार्यक्रमको संचालन रेडिंग इलाका कमिटिका उपाध्यक्ष्य भीमसेन खड्का र अध्यक्ष्यता कमिटिका अध्यक्ष सुबास दाहालले गर्नु भएको थियो ।