लन्डनमा ‘ए स्टार’को पाचौं वार्षिकोत्सव, [भिडियो सहित]

लन्डन । नेपाली व्यवसायीले सञ्चालन गरिरहेको लन्डनस्थित ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आफनो पाचौं वार्षिकोत्सव मनाएको छ ।

ए स्टारले शुक्रबार सांझ वेम्ली बिनोभा जिभी रेष्टुरेन्टमा गरेको कार्यक्रममा व्यवसायी, समाजका अगुवा, प्रवुद्ध व्यक्तित्व, ग्राहक, शुभचिन्तक लगायतको सहभागिता थियो ।1g

एसएनपी प्लसको सहकार्यमा आयोजित उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, काउन्सिलर विष्णु गुरुङ, समाजसेवी ध्रुव केसी, सोलिसिटर राजु थापा, इन्जिनियर 
राजकुमार त्रिपाठी, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश 
खपांगीमगर, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकार सुवसिंह गुरुङ, व्यवसायीहरु बीपी खनाल, कमल पौडेल, शिवजी श्रेष्ठ, यादव श्रेष्ठ, ब्यारिष्टर देवेन्द्र श्रेष्ठ, एसएनपी प्लसका समिरनाथ प्याकुरेल लगायत सहभागीले ए स्टारको व्यवसायिक सफलता र क्रिसमस एवं अंग्रेजी नयां वर्षको शुभकामना दिए ।1w

ए स्टारका मोर्गेज एड्भाइजर रमेश सराङकोटीले सञ्चालन गरेको उक्त कार्यक्रममा ए स्टारका प्रिन्सिपल तथा नेपाली मुलका पहिलो इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले सहभागीप्रति आभार व्यक्त गर्दै क्रिसमस र नयां वर्षको शुभकामना दिए । उनले सन् २०१२ देखि सञ्चालित एक्सेस फाइनान्सियल सर्भिसेस यूके केही साता देखि ए स्टारका नामले सञ्चालन भइरहेको अवगत गराए । उनले कम्पनी स्थापनादेखि नै बेलायतवासी नेपालीहरुलाई आवश्यक पर्ने रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल 
मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिस प्रदान गरिरहेको जानकारी दिए ।2a

ए स्टारले गत १८ तारिखका दिन आसफोर्ड केन्टस्थित एभरेष्ट इनमा पनि यस्तै वार्षिकोत्सव तथा क्रिसमस कार्यक्रम आयोजना गरेको थियो । सराङकोटीले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारी, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर,लगायतले शुभकामना दिएका थिए ।