काठमाडौं– संविधान संसोधन प्रस्तावको विषयमा प्रमुख दलहरुबीच सहमति हुन नसकेपछि संसद बैठक बिहीबार बस्दै नबसी स्थगित गरिएको छ ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक १० गते आइतबार १ बजे बस्ने गरी सूचना टाँस गरेरै स्थगित गरिएको हो । दलहरुबीच सहमति नभएसम्म संसद अघि बढ्न नसक्ने अवस्था आएपछि सूचना टाँसेर स्थगित गर्नु परेको सभामुखका प्रेस सहयोगी बबिन शर्माले जानकारी दिए ।
गत ४ गते बसेको बैठकमा प्रमुख तीन दलका शिर्ष नेताहरुले दुई दिन भित्र संसदमा जारी गतिरोध अन्त्य गर्ने प्रतिवद्धता सभामुख ओनसरी घर्तीसामु व्यक्त गरेका थिए ।
सरकारले गत मंसिर १४ गते संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराएपछि एमालेसहितका प्रतिपक्षी दलहरुले लगातार संसद अवरुद्ध गर्दै आएका छन् ।






