काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पुर्व राजा ज्ञानेन्द्र शाहले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै उनको पछिल्लो चलखेलप्रति आपत्ति जनाएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै शाहले पुराना दलहरु सुशासन, विकास र समृद्धि तथा जनचाहना विपरित कुर्सीको झगडामा डुबेको भन्दै विज्ञप्ति जारी गरेपछि नयाँ शक्तिले पनि बिहीबार विज्ञप्तिमार्फत नै कडा जवाफ फर्काउँदै धमिलो पानीमा माछा मार्ने योजना सफल हुन नदिने जनाएको छ ।
नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्तिमा नेपाली जनताको भारी अभिमतमार्फत संविधानसभाबाटै विधिवत अन्त्य भइसकेको राजतन्त्रले घुमाउरो पाराले आफूलाई स्थायी र लौकिक सत्ताको दावा गरेको उल्लेख गरिएको छ।
नयाँ शक्तिले हिमाल, पहाड र तराई टुक्रयाँउन खोजिएको जस्ता प्रतिगामी अभिव्यक्तिसहितको शाहको विज्ञप्ती नेपाली जनताको लामो संघर्ष त्याग र बलिदानको अपमान भएको ठहर समेत गरेको छ ।






