‘खवरदार ६०१’ लेखिएको अर्धनग्न जुलुश

nango julus 2

काठमाडौं, माघ ३–   युवा संघ नेपालले तोकिएकै समयमा संविधान जारी गर्न दवाव दिदैं अर्धनग्न जुलुश निकालेको छ ।

‘खवरदार ६०१’ लेखिएको स्टिकर छातिमा टाँसेका युवाहरुको जुलुशले ‘संविधान निर्माणका लागि युवा दवाव’ लेखिएको व्यानर बोकेको थियो ।

बुद्धनगरमा सुरु भएर नयाँ बानेश्वरसम्म पुगेको अर्धनग्न जुलुशले ‘जातिय राज्य चाँहिदैन, देश टुक्र्याउन पाइँदैन’ भन्ने नारा लगाएको रातोपाटी संवाददाताले बताए ।

युवा संघ नेपाल नेकपा एमालेको भातृ संगठन हो । यसका अध्यक्ष महेश बस्नेत हाल उद्योगमन्त्री छन् । पहिला यो संगठनको नाम युथफोर्स थियो ।