यूरोपभरका कांग्रेस नेता कार्यकर्ता जर्मनीमा

जर्मनी– यूरोपभरका कांग्रेस नेता कार्यकर्ता जर्मनीमा भेला भएका छन् ।

नेपाली कांग्रेसको यूरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको भेला आइतबारदेखि जर्मनीको फ्रयांकफोर्डको होस्ट होफमा हुने भएको छ । समितिको १० औं बार्षिकोत्सवको अवसर पारेर आयोजना हुने भेलामा पार्टी गतिविधिलाई यूरोप क्षेत्रमा सशक्त रुपमा विस्तार गर्न तथा संस्थागत संरचनाबारे धारणा बनाउने नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काले जानकारी दिए । भेला दुई दिनसम्म चल्नेछ ।

भेलामा यूरोपस्थित १४ देशका प्रतिनिधि सहभागी हुने भेला तयारी समितिका संयोजक लोकमणी ढकालले बताए ।

गैरआवासीय नेपाली संघको अभियानलाई समेत अझ प्रभावकारी बनाउने बिषयमा छलफल गर्नका लागि जनसम्पर्क समिति यूरोपले बिभिन्न राष्ट्रिय समितिका सभापतिहरु, महाअधिवेशन प्रतिनिधिहरु तथा यूरोपस्थित कांग्रेस समर्थक नेता तथा कार्यकर्ता फ्रयांकफर्टमा जम्मा हुने क्रम सुरु भएको छ ।

नेपाली जनसम्पर्क समिति यूरोपले दिएको जानकारी अनुसार आइतवारको भेलाले संगठनको आन्तरिक बिषयमा छलफल गर्ने छ । भेलामा पार्टी सुदृढीकरणलगायतका समितिको दोश्रो अधिवेशन, विधान संशोधन, अधिवेशन आयोजक तथा निर्वाचन समितिको गठनलगायतका एजेन्डामा छलफल हुने महामन्त्री गंगाधर गौतमले जनाकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा हुने भेलामा यूरोपभरका १४ देशका करिब ३ दर्जन प्रतिनिधि सहभागी हुने समितिले जनाएको छ । भेलामा भाग लिन आएका नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री राजकुमार त्रिपाठीले भेलाले नेपाली कांग्रेस पार्टीबाट बैधानिकता प्राप्त गर्न पहल गर्ने बताए ।

भेलामा नर्बे, स्वीडेन, डेनमार्क, स्वीट्जरल्याण्ड, स्पेन, पोर्तुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, लक्स्जम्बर्ग, पोल्यान्ड, बेलायत र आयरल्यान्ड लगायतका देशको प्रतिनिधिले भाग लिदैछन् ।

कांग्रेस नेता त्रिपाठी फ्रयांकफर्टमा
tkयसैबीच नेपाली कांग्रेसको यूरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको भेला आइतबारदेखि सुरु हुने भेलामा भाग लिन नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री राजकुमार त्रिपाठी फ्रयांकफर्ट पुगेका छन् । उनलाई विमानस्थलमा एनआरएन उपाध्यक्ष कुमार पन्त तथा भेला आयोजक समितिका संयोजक लोकमणि ढकालले स्वागत गरे ।