काठमाडौं – एउटा कर्मचारी २ वर्षसम्म एउटै कार्यालयमा काम गर्न पाउने व्यवस्था भए पनि तिलोत्तमा नगरपालिकामा २ वर्षमा ९ जना कार्यकारी अधिकृत फेरिएका छन् ।
कार्यालय प्रमुखहरु समयावधी नहुँदै फेरिँदा जनताले पाउने सुविधा तथा विकास निर्माणका काम प्रभावित बनेको नगरवासीले गुनासो गरेका छन् ।
२०७१ वैशाख २५ गते घोषणा भएको तिलोत्तमा नगरपालिकामा दुई वर्षमै यति धेरै कार्यकारी अधिृकत फेरिएका हुन् । नगरपालिका घोषणा हुनासाथ स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति रुपन्देशीका योजना अधिकृत राजेन्द्रनाथ शर्मालाई कार्यकारी अधिकृत तोकेको थियो ।
तर, उनी ६ महिना पनि बस्न नपाउँदै मन्त्रालयले पुन जिविसमै फिर्ता गर्यो र ज्ञानराज पाण्डेलाई कार्यकारी अधिकृत नियुक्त गरियो ।






