बेलायतमा नायक ध्रुव दत्त र बिनाको पिडा सार्वजनिक (भिडियो हेर्नुहोस)

लन्डन– बेलायतमा हालै छायांकन भएको चर्चित गायक उदितनारायण झाले गाएको गीतको म्युजिक भिडियोको लण्डनमा पोस्टर सार्वजनिक भएको छ

‘झरी सरी…’ बोलको गीतको म्युजिक भिडियोमा बेलायतमा नै रहेका नेपाली फिल्म अभिनेता ध्रुव दत्तले अभिनय गरेका छन्। दत्तसँगै बेलायतमा नै रहेकी अभिनेत्री विना राईले अभिनय गरेकी छन्।

म्यूजिक भिडियोको निर्देशक सुल्तान इढिङ्गोले गरेका छन् भने अनल गौतमको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । म्युजिक भिडियोको छायांकन स्वप्निल लिम्बूले गरेका छन्।

सुल्तान फिल्मस् युकेको व्यानरमा निर्माणमा भएको गीतको भिडियोको छायांकन बेलायतको असफोर्डमा गरिएको हो। यो गीतको भिडियो चाँडै सार्वजनिक गरिने जनाइएको छ ।jhari