काठमाडौं -पुर्व गृहमन्त्री माधव घिमिरे सहित सात जना सवार कार आईतबार चितवनको दारेचोकस्थित त्रिशुली नदिमा खस्यो । घिमिरे आमालाई मुक्तिनाथको दर्शन गराएर फर्कंदै थिए । उनको साथमा राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत सह–सचिव प्रकाशचन्द्र घिमीरे सँगै थिए ।
प्रकाशचन्द्र माधव घिमीरेका भाई हुन् । खेलकुद परिषद्को ‘खेलकुद प्रतियोगीता तथा योजना विभाग प्रमुख’ रहेका घिमिरे आमालाई मुक्तिनाथ दर्शन गराउन जान लागेको कुरा केही दिनअघि परिषद्का कर्मचारीसँग सेयर गरेका थिए ।
मुक्तिनाथबाट काठमाडौं फर्कँदैं गर्दा दारेचोक आईपुगेपछि उनिहरु सवार गाडी त्रिशुलीमा खसेको थियो ।






