लन्डन– प्रसिद्ध समाजवादी नेता जेरमी कर्विन बेलायतको प्रतिपक्षी दल ल्यावर पार्टीको विभाजित समूहको चुनौतीलाई सामना गर्दै पुन: उक्त दलको नेता निर्वाचित भएका छन् ।
कर्विनले ल्यावर पार्टी करिब पाँच लाख सदस्यबाट ६२ प्रतिशत मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ल्यावर पार्टीका अर्का नेता ओयन स्मिथले ३८ प्रतिशत मत प्राप्त गर्नुभएको उक्त दलले लिभरपुलमा गरेको प्रेस सम्मेलनमा बताइएको छ ।
कर्विनले प्रतिपक्षी दलको सांसदका रुपमा लामो समय काम गरेका थिए भने गतवर्ष पार्टीको प्रमुख नेताका रुपमा निर्वाचित भएका थिए ।
बेलायतमा लेवर पार्टीले सन् १९९७ र सन् २०१० मा सत्ता सम्हालेको थियो ।






