‘सरकारी र निजी क्षेत्रको सहकार्यमा समृद्धि’

g]kfn r]Da/ PS:kf] pk/fi6«klt gGbaxfb/ k'g e[s'6Ld08kdf z'qmaf/b]lv ;~rfng ePsf] g]kfn r]Da/ PS:kf]df ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी र निजी क्षेत्र एकापसमा सहकार्य गरेर आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आजदेखि स्थानीय भृकुटीमण्डपमा सुरु भएको ‘चेम्बर एक्स्पो–२०१६’ को उद्घाटनपछिको कार्यक्रममा उहाँले सरकार र निजी क्षेत्रको सम्बन्ध अझै प्रगाढ हुनुपर्ने बताउँदै आर्थिक समृद्धिको आधार कृषि, पर्यटन, जलविद्युत् एवम् उद्योग क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले हाम्रा उत्पादनलाई गुणस्तर एवम् उत्पादन क्षमतालाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपाल–जापान सम्बन्धको ६० औँ वर्षका अवसरमा चेम्बरले गरेको एक्स्पोले व्यापार प्रवद्र्धनमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–जापान सम्बन्धको ६० औँ वर्षका अवसरमा दुई देशको सम्बन्ध थप मजबुत गर्ने उद्देश्यले गरिएको एक्स्पोले व्यापारिक क्षेत्रलाई थप सबल बनाउने विश्वास व्यक्त गर्नुभयो । चेम्बरका अनुसार आजदेखि सुरु भएको एक्स्पो यही असोज ११ गतेसम्म चल्नेछ जहाँ २०० व्यापारिक कक्ष राखिएका छन् ।