कार्यवाहक राजदूत आरनलाई साहित्य विकास परिषदको सम्मान

aaranलन्डन– नेपाली साहित्य विकास परिषद बेलायतले बेलायतका लागि कार्यवहाक राजदूत शरदराज आरनलाई सम्मान गरेको छ । आरन संस्थाका पदेन संरक्षक हुन् ।

परिषदका कार्यवहाक अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले दूतावास भवनमा आयोजित कार्यक्रममा आरनलाई सम्मान पत्र हस्तान्तरण गरे । मल्लले कार्यवहाक राजदूतको सफल कार्यकालको शुभकामना समेत दिए ।

कार्यक्रममा आरनले सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै परिषदले बेलायत बसेर पनि नेपाली साहित्यको उत्थानमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताए ।