बेलायतमा नेपाली इञ्जिनियरहरुको दुई दिने भेला सम्पन्न

t2लन्डन– सोसाइटी अफ नेपाली इञ्जिनियर्स बेलायतको आयोजनामा गरिएको बृहत् दुई दिने भेला ग्रयाण्ड होटल फोक्सटन डोबरमा सम्पन्न भएको छ ।

अगस्ट १३ शनिबार र १४ तारिख आइतबार भएको भेलामा करिव ५० जना नेपाली इञ्जिनियरहरुको सहभागिता थियो । भेलाको अध्यक्षता संस्थाका अध्यक्ष घनश्याम पौडेलले गर्नुभएको थियो । उहाँले परिवर्तित सन्दर्भमा सोसाइटीले बेलायतमा रहेका इञ्जिनियर्स विज्ञको तथ्यांक संकलन, बेरोजगार इञ्जिनियरहरुलाई तालिम दिने, बेलायतमा नेपाली मूलका इञ्जिनियहरुलाई रोजगारीका लागि सहज बनाउन तालिम तथा अभिमुखिकरण दिने, डकुमेन्टेसनको लागि सहयोग गर्ने, प्रविधिमा अभ्यस्त बनाउने जानकारी दिनुभयो । बेलायतमा निर्माण गरिएको कार्ययोजनालाई नेपालसम्म पुर्‍याउनेत तयारी भएको उहाँले बताउनुभयो ।dg1

भेलामा सोसाइटीका महासचिव इञ्जिनियर शैलेन्द्रकाजी श्रेष्ठले उपस्थितलाई स्वागत गर्दै अनुसन्धान र अभ्यासको कामलाई अझै प्रभावकारी बनाउने बताउनुभयो । उहाँले तालिम दिने, सीभी बैंक बनाउने, जब लिंक वेबसाइटमा राखिदिनेलगायतका योजना प्रस्तुत गर्नुभयो ।

पौडेल र श्रेष्ठले राखेको कार्यपत्रमाथि पूर्वअध्यक्ष कृष्णकिशोर श्रेष्ठ, पूर्वमहाचिव राजेश पाठक, एनआरएनका पूर्वमहासचिव आरके त्रिपाठी, विजय बज्राचार्य, इञ्जिनियर लक्ष्मण घिमिरे, उमेश पराजुलीलगायतले टिप्पणी गर्नुभयो ।

लन्डन नेपाल न्यूज डट कमका निर्देशकसमेत रहनुभएका त्रिपाठीले नेपाली इञ्जिनियरहरुलाई दक्ष बनाउन एसोसिएसनले अधिकतम भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।h1

भेलाले भविष्यमा नेपालका इञ्जिनियहरुले नेपाललाई आवश्यक परे प्राविधिक सहयोग र नेपाल इञ्जिनियर्स एसोसिएसन, नेपाल इञ्जिनियर्स काउन्सिल, कन्स्ट्रक्सन एसोसिएसन नेपालसँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता जाहे गरेको छ । भेलाले बेलायतस्थित नेपाली समूदाय, समाज, संघ संस्था एवं अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुले बेलायतबाट इञ्जिनियरिङ अध्ययन गरेको भए सोसाइटी अफ नेपाली इञ्जिनियर्स बेलायतमा सम्पर्क गर्न आह्वान गरेको छ ।

भेलाले इञ्जिनियर्स सोसाइटी टिमले गैरआवासीय नेपाली संघ बेलायतको नेपाल हाउस निर्माण गर्न गरेको सम्पूर्ण डिजाइन कार्यलाई उच्च प्रशंसा गरेको छ । विगतमा नेपालको महाभूकम्पमा नेपाली इञ्जिनियरहरु एक भई नेपालमा भूकम्प प्रतिरोधी घर बनाउन डिजाइन प्रविधि आवश्यक परे बेलायतबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

अध्यक्ष पौडेल र महासचिव श्रेष्ठले प्रस्तुत गर्नुभएको कार्ययोजना पारित गर्दै उत्कृष्ट व्यवस्थापनका लागि महासचिव श्रेष्ठ र कोषाध्यक्ष विजय बज्राचार्यलाई धन्यवाद ज्ञापन गरेको छ ।

उक्त भेलामा भविष्यमा विभिन्न इञ्जिनियरिङ विषयको खोज, लेख र रचना जम्मा गरी स्मारिका प्रकाश गर्ने प्रस्ताव गरेको छ ।

भेलामा रामानन्द पुरी, कन्हैया भगत, मनोजकुमार श्रेष्ठ, केशव पोखरेल, लक्ष्मण घिमिरे, सुदीप केसी, देवेन्द्र दाहाल, अञ्जनी फुयाल, नारद भण्डारी, आरसी अधिकारी, राज थापा, नव अधिकारी, मन्दिरा त्रिपाठीलगायतका इञ्जिनियरहरुको उपस्थिति थियो ।en 1