काठमाडौं- विभिन्न ५ एजेण्डामा छलफल गर्न एमाले स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ । पार्टीको प्रदेश कमिटीको नेतृत्व, जेष्ठ कम्युनिस्ट मञ्च गठन, सल्लाहकार परिषद्मा सदस्य मनोनयन लगायत विषय बैठकका एजेण्डा छन् ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिवारे धारणा पनि राखेका छन् । स्रोतका अनुसार स्थानीय निकाय, प्रदेश र संघीय संसदको निर्वाचन गर्न अघिल्लो सरकारले अगाडि सारेको कार्यतालिका पन्छाएर निर्वाचन टार्ने खेलमा सरकार लागेको ओलीले बैठकमा ब्रिफिङ गरेका छन् ।
‘स्थानीय निकायको निर्वाचन पन्छाउने प्रपञ्च रचिंदैछ’ ओलीको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘त्यसपछि प्रदेश र संघीय संसदको निर्वाचन पनि अनिश्चित गर्ने र संबैधानिक संकट खडा गरेर संविधान असफल पार्ने प्रयास भइरहेको छ, यसप्रति सजग बन्नु पर्छ ।’







![g]skf -Pdfn]_ ;+;bLo bnsf] a}7sk|wfgdGqL s]kL zdf{ cf]nLn] cfOtaf/ Joj:yflksf–;+;b ejg gofF afg]Zj/df a;]sf] g]skf -Pdfn]_ ;+;bLo bnsf] a}7snfO{ ;Daf]wg ub{} . tl:a/ M /Tg >]i7, /f;;](http://www.londonnepalnews.com/wp-content/uploads/2016/08/uml-pp-meeting.jpg)