सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ ।
एकीकृत नेकपा(माओवादी)को नेतृत्वमा सुरु भएको आन्दोलन र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित अन्तरवस्तुसहितको प्रतिवेदन पेस गरेको सन्दर्भमा बैठकमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।