‘एमालेबाट नेम्बाङ प्रधानमन्त्री उम्मेदवार

subash nembangकाठमाडौँ, १७ साउन । नेकपा(एमाले) का नेता रवीन्द्र अधिकारीले प्रधानमन्त्रीका लागि आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई अघि सार्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता नउठ्ने पक्का भएपछि स्वाभाविक रुपमा उपनेतालाई अघि सारिने बताउनुभयो ।

सभापति अधिकारीले अहिले मुलुकमा राष्ट्रिय सहमतिको सरकारभन्दा पनि कार्यसूचीमा प्रमुख राजनीतिक दलबीच सहमति आवश्यक रहेको बताउँदै संविधान कार्यान्वयनका लागि डेढ वर्षभित्र तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।