कांग्रेस विद्यार्थीहरु आमरण अनशनमा

nsu-hunger-strike.jpgकाठमाडौं- नेपाल विद्यार्थी संघ नेविसंघको विधिवत महाधिवेशन, भागबण्डाको खारेजीलगायतका माग राखेर रिले अनसनमा रहेका नेविसंघका कार्यकर्ताप्रति माउ पार्टी नेपाली कांग्रेसले बेवास्ता गरेपछि थप आक्रामक बनेका उनीहरुले शनिवारबाट आमरण अनशन शुरु गर्ने भएका छन्।

महाधिवेशनका लागि विभिन्न समिति बनाइए पनि ती केवल कर्मकाण्डीजस्ता देखिएपछि नेविसंघको असन्तुष्ट पक्ष भने आमरण अनसन नै थाल्ने तयारी गरेको छ। आमरण अनशनमा विद्यार्थी नेता कुन्दन काफ्ले सहितका नेताहरु बस्दै छन्। पार्टी सभापतिले भनेपछि एक दिन पछि आमरण अनशन सारिएपनि विवाद मिलाउन कुनै ध्यान नदिइएको काफ्लेले बताए।

नेपाल विद्यार्थी संघको ११ औ महाधिबेशन विधिवत रुपमा सम्पन्न हुनुपर्ने माग सहित विद्यार्थी नेताहरु कुन्दनराज काफ्ले, युवराज पाण्डे लगायतको नेतृत्वमा साउन ९ देखि नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको रिले अनशनले छैठौ दिन पार गर्दा पनि कुनै निष्कर्षमा नपुगे पछी हामि आमरण अनशन बस्न बाध्य पारिएको विद्यार्थी नेता डिल्लीराम सुवेदीले बताए।

नेविसंघको महाधिवेशन साउन २३–२५ गते काठमाडौंमा हुँदैछ ।