पेट्रोलियम पदार्थ उत्खनन्का लागि उद्योगीसँग छलफल: उद्योगमन्त्री

pBf]u dGqL kf08]o  pBf]u dGqL ;f]dk|;fb kf08]o 3/]n' tyf ;gf pBf]u ljsf; ;ldltcGtu{t PsLs[t sd{rf/L ;ª3sf] 5}7f}F s]Gb|Lo dxflwj]zgsf] pb3f6g ub}{ . tl:a/ M s[i0f/fh uf}td, /f;;
pBf]u dGqL kf08]o
pBf]u dGqL ;f]dk|;fb kf08]o 3/]n’ tyf ;gf pBf]u ljsf; ;ldltcGtu{t PsLs[t sd{rf/L ;ª3sf] 5}7f}F s]Gb|Lo dxflwj]zgsf] pb3f6g ub}{ . tl:a/ M s[i0f/fh uf}td, /f;;
काठमाडौँ- उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशका विभिन्न स्थानमा रहेका पेट्रोलियम पदार्थको उत्खनन्का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका उद्योगीसँग छलफल भइरहेको बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत एकीकृत कर्मचारी सङ्घको छैठौँ केन्द्रीय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री पाण्डेयले स्वदेशी स्रोत साधनलाई उपयोग गरी राष्ट्र निर्माणको कार्य अगाडि बढाइने बताउनुभयो । मुलुकमा आर्थिक समृद्धि कायम गर्न देशमा औद्योगीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

शनिबारसम्म चल्ने अधिवेशनमा ४८ जिल्लाका एक सय बढी प्रतिनिधि सहभागी छन् । अधिवेशनमा संविधानअनुसार मुलुकमा कायम भएका सङ्घीय संरचना अनुकूल कर्मचारीको व्यवस्थापन तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको प्रबन्ध गर्नुपर्ने, कर्मचारी तथा व्यवस्थापनका बीच हुने तिक्तता न्यूनीकरणका विषयमा छलफल हुने बताइएको छ ।

कार्यक्रममा पूर्वअध्यक्ष धनराज पन्त, विनोददेव पन्त, तिलक अधिकारी, राजेन्द्र मिश्रलगायतलाई सम्मान गरिएको थियो ।