ट्याक्टर दुर्घटनाका घाईतेको मृत्यू

गुल्मी २९ पुस । गुल्मीको थानापतीमा दिउँसो भएको ट्याक्टर दुर्घटनाका घाईतेमध्येक एकको मृत्यू भएको छ । रिडी बाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ त ८०६३ नम्बरको मालबाहक ट्याक्टर गुल्मी को थानपति ८ पानिटँकीमा दुर्घटना हँुदा १ जनाको ज्यान गएको हो । २ जना घाईते भएका छन ।
दुर्घटनामा दरबार देबिस्थान ५ चारपाला का अन्दाजी ३२ बर्षका लक्ष्मण सुनारको मृत्यु भएको हो । भने सोहि स्थानकी मृतक सुनारकी श्रीमति मसिना सुनार साथै चालक दुबिचैर ९ का अन्दाजी २२ बर्षका दिपक बस्न्यात घाईते हुनुभएको छ । घाईते दुबै जनालाई उपचारका लागी पाल्पा मिसन अस्पताल लगिएको र घाईते दुबैको अवस्था सामान्य रहेको प्रहरी चौकी श्रृंगा ले जनाएको छ ।