गुणकारी अदुवाको फाइदाहरू थाहा छ ?

२९ पुस काठमाडौं । ३१ दलीय मोर्चाले आयोजना गरेको उपत्यका बन्दले अन्य क्षेत्रमा प्रभाव पारेपनि सेयर बजारमा भने कुनै प्रभाव देखिएन । मंगलबार ९.६८ अंकले बढेर ९ सय ३७.४८ अंकमा पुगेको छ ।

सोमबार नेप्से करिब एक अंकले घटेको थियो भने २२ करोड रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार व्यापार समुहको बाहेक अन्य सबै समुहगत सूचकहरु बढेका छन । व्यापार समुहको सूचक भने २.०३ अंकले घटेको छ ।

मंगलबारको कारोबारबाट वाणिज्य बैंकको सूचक ५ अंकले, होटलको ४२ अंकले, विकास बैंकको ३७ अंकले, जलविद्युतको ७ अंकले, वित्त कम्पनीको १४ अंकले, बीमाको ११२ अंकले, उत्पादनमूलकको १४ अंकले र अन्य समुहको सूचक ५ अंकले बढेको नेपाल स्टक एकसचेञ्जले जनाएको छ ।

यो दिन नेप्सेमा १ सय ३३ कम्पनीका ५ लाख ३३ हजार कित्ता सेयर २३ करोड ५७ लाख रुपैयाँमा किनबेच भएका छन ।

मंगलबार सबैभन्दा बढीको कारोबार विजनेस युभिर्सल बैंकको भएको छ । यो बैंकको २ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसैगरी नेसनल लाईफ इन्सयोरेनसको १ करोड ९९ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनको १ करोड १० लाख, नेपाल लाइफ इन्स्योरेन्सको ९६ लाख र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ९५ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ ।