लन्डन- आगामी जुलाई १९ तारिखका दिन लण्डनको लर्ड्स विश्वविद्यालयको क्रिकेट मैदानमा हुने नेपाली क्रिकेट टिम र मार्लेबोन क्रिकेट क्लव (एमसीसी)बीचको मैत्रीपूर्ण क्रिकेटको तयारी तीब्र पारिएको छ ।
क्रिकेट खेलमा १० हजार दर्शक उतार्ने तयारी भएको छ । मैत्रीपूर्ण खेल सफल बनाउन एनआरएनए यूकेले उपाध्यक्ष हिराधन राईलाई संयोजक तोकेको छ । राईसहित एनआरएनए यूके सल्लाहकारहरु शिवजी श्रेष्ठ, भीम महेन्द्र गुरुङ, उपाध्यक्ष शान्ति थापा कुँवर, प्रवक्ता खुशी लिम्बु र सदस्य डा. राजेन्द्र थापाको समूहले तयारीलाई तीब्र बनाएको छ ।
राईले खेलबारे जानकारी दिन एवं भावी रणनीति तय गर्ने सम्वन्धमा छलफल गर्न शुक्रबार विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको एउटा भेला समेत राखेको बताए। राईले बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा हुन लागेको उक्त खेल विशेष महत्वको भएकाले सहभागी भइदिन सबैमा आग्रह गरेका छन् ।![13510687_10206608151271327_108277605_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/06/13510687_10206608151271327_108277605_n1.jpg)
खेल सफल बनाउन लन्डनस्थित नेपाली दूतावास, एनआरएन यूके, नेपाल पर्यटन बोर्ड यूके र नेपाली युवाहरुको विशेष सक्रियता छ ।
मैत्रीपूर्ण खेलको प्रचारप्रसारका लागि नेपाल पत्रकार महासंघ बेलायतले पनि सक्रियता बढाएको छ । गत जुन ८ तारिखका दिन लण्डनस्थित नेपाली दूतावासमा बसेको सर्वपक्षीय बैठकबाट खेलको प्रचारप्रसारको संयोजन गर्ने मुख्य जिम्मा पाएको महासंघले सोहि प्रयोजनका लागि एक छुट्टै समिति नै गठन गरेर काम अघि बढाएको छ ।
बुधबार अध्यक्ष नरेश खपांगी मगरले विज्ञप्ती जारी गर्दै सल्लाहकार नविन पोखरेलको संयोजकत्वमा ९ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको जानकारी गराएका छन ।
सो समितिमा महासंघ बेलायतका उपाध्यक्ष ध्रुबराज अर्याल, सचिव शिव भण्डारी, कोषाध्यक्ष पुर्ण गुरुङ, सदस्य नरेन्द्र बस्नेत तथा सभासदहरु दिनेश परियार, एभरेष्ट गौतम, फणिन्द्र भट्टराई र प्रमिला राई सदस्य छन ।
समितिलाई आवश्यकताअनुसार सदस्यहरु थप गर्न र जिम्मेवारी बाँडफाँड गर्न समेत अधिकार दिइएको छ । बेलायतस्थित सबै मुख्य नेपाली मिडिया र क्रियाशिल पत्रकारहरुको प्रतिनिधित्व हुने गरी महासंघले यो प्रचारप्रसार समिति बनाएको हो ।
प्रचारप्रसार समितिका संयोजक पोखरेलले सो खेलमा दश हजार दर्शक उतार्ने लक्ष्य राखिएकोमा त्यसका लागि आवश्यक माहोल बनाउने ढंगले प्रचारप्रसारलाई तिब्रता दिइने बताएका छन ।
खेलमा सहभागिता बढाउने उद्देश्यसहित दूतावासको संयोजनमा गठित आयोजक समिति अन्तर्गत पिआर व्यवस्थापन समितिका संयोजक पत्रकार एभरेष्ट गौतमले ५२५ टिकट आफूहरुले बुझिसकेको र उपलव्ध टिकेट बिक्री भइसकेपछि थप टिकट झिकाइने बताए ।
आजसम्म उक्त खेलका लागि करिब २८०० टिकट बिक्री भइसकेको छ । टिकेट किन्न चाहने दर्शकले आयोजक समितिका अभियन्ताहरुलाई सम्पर्क गरेर टिकट लिन सक्नेछन् । सिधै प्रिन्टेड टिकट लिंदा पनि अनलाइनमै लिएजस्तै १० पाउण्ड मात्रै लाग्ने टिकेटिङ संयोजक राजन खकुरेलले बताए ।
एनआरएनए यूके कोषाध्यक्ष तथा आर्थिक समितिको नेतृत्व गरिरहेका दीपक श्रेष्ठले सम्पूर्ण बेलायतबासी नेपालीहरुलाई एकजुट भएर खेलमा उपस्थित हुन आव्हान गरेका छन् । उक्त मैत्रीपूर्ण खेलमा १० हजार दर्शक उतार्ने चुनौतीबीच यतिखेर बेलायतको नेपाली समुदाय एकसाथ लागिरहेको छ ।
यसैबीच आयोजक समितिले सो खेललाई लक्षित गर्दै नेपालबाट नेपाली क्रिकेट टोलीको जर्सी लन्डन ल्याइसकेको छ । एक जर्सीका लागि १० पाउन्ड पर्ने र जर्सी तथा टिकट किन्न चाहनेहरुले आयोजक समितिका निम्न व्यक्तिलाई सम्पर्क गर्न सक्नेछन् ।
दीपक श्रेष्ठ- 07943866690
राजन खकुरेल- 07938623803
एभरेस्ट गौतम- 07838504092
कृष्णप्रसाद शर्मा- 07415360712
खेल हेर्न प्रवेश शुल्क जम्मा १० पाउण्ड तोकिएको छ । संकलित रकमको ५० प्रतिशत नेपालको पुनर्निर्माणमा पठाउने आयोजकको तयारी छ ।
६५ वर्ष माथिकालाई ५ पाउण्ड र १६ वर्ष मुनिकालाई निःशुल्क खेल हेर्ने व्यवस्था मिलाइएको छ ।![13510542_10206608064669162_65315541_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/06/13510542_10206608064669162_65315541_n1.jpg)







![13510592_10206608062829116_160314491_n[2]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/06/13510592_10206608062829116_160314491_n2.jpg)
![13530453_10206608062789115_861667576_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/06/13530453_10206608062789115_861667576_n1.jpg)