काठमाडौं–‘दिल्लीमा भरपर्दो राजदूत पठायनुपर्यो । उताकाले पत्याउने क्षमता पनि भएको । को होला त्यस्तो पात्र ?’ शुक्रबार प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधव नेपालसँग सल्लाह मागेका छन् ।
लुम्बिनी अञ्चलका वासिन्दा दीपककुमारलाई हठात् फिर्ता बोलाइएपछि बदली गर्न त्यही अञ्चलका र नामको अगाडी प्र. जोडिएका प्रदिप ज्ञवालीलाई छिट्टै भारतको निम्ति राजदूत बनाइने सम्भावना बढेको हो ।
अर्को अनौठो संयोग के पनि भने दीप र प्रदिप दुवै पूर्व–पर्यटनमन्त्री हुन् । राजनीतिक भविष्य हेर्दै राजदूत नियुक्ति प्रदीपले लिन मानेनन् भने केपी ओलीको अर्को रोजाई शंकर पोखरेल हुन सक्छन् ।
भारतमा पढ्न बस्दा नेपाली विद्यार्थीहरुको संगठन अनानेरास्वियु र स्वदेश फर्किएपछि पनि नेपालकै सबैभन्दा ठूलो विद्यार्थी संगठन अनेरास्वियुको अध्यक्षता गरेका पोखरेल पनि पूर्व–सञ्चारमन्त्री हुन् ।






