ठमेल २४ सै घन्टा खुल्ला राख्न सकिन्छ : गृहमन्त्री बस्नेत

gantabya2काठमाडौं- गृहमन्त्री शक्ति बहादुर बस्नेतले पर्यटकीय क्षेत्र ठमेललाई २४सै घन्टा खुल्ला राख्न सकिने बताउनु भएको छ ।

गन्तव्य नेपाल न्यूज डटकमको दोस्रो बार्षिकोत्सव तथा पर्यटनमा सुरक्षा बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पर्यटन व्यावसायीहरुको माग सम्बोधन गर्न सरकार लागिपर्ने बताउनुभएको हो । मन्त्री बस्नेतले पर्यटन क्षेत्रको समग्र सुरक्षा व्यवस्था चुस्त राख्नको लागि सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन सरकारसँग माग गर्नुभयो । केसीले पर्यटन उद्योग नेपालको अर्थतन्त्रको मुख्य आधार भएकाले पर्यटन क्षेत्रमा व्यवसायीको लगानि र पर्यटकको सुरक्षामा सरकारले बिशेष रणनिति अपनाउनु पर्नेमा जोड दिनुभयो ।