प्रमुख दलका नेताहरुले सहमतिको प्रयास स्वरुप आज पनि छलफललाई निरन्तरता दिदैछन । अहिले केहीवेरपछि हुन लागेको छलफलमा सहमतिका लागि आन्तीम प्रयास गर्ने सत्तारुढ दलका नेताहरुले बताएका छन । उनिहरुले भोली सम्ममा सहमति नभएका प्रक्रियामा जाने भएकाले आजको छलफल सहमतिका लागि अन्तीम भएको पनि बताएका छन । तर प्रक्रियामा गए पनि सहमतिको प्रयासलाइ भने जारी राख्ने पनि सत्तारुढ दलका नेताहरुले स्पष्ट पारेका छन । केही दिन अघि छलफल निकै सकारात्मक भएको भन्दै आएका दलका नेताहरुले पछिल्ला छलफलहरु भने निराशाजनक भएको बताउन थालेका छन । सत्तारुढ र प्रपतिपक्ष दुवै पक्षका नेताहरुले सहमतिको संभावना न्युन भएको बताउन थालेका हुन ।
प्रमुख नेताहरुको गृहकार्य सकिएन






