काठमाडौं– नेपाल सरकारले आर्थिक वर्ष २०७३/७४ का लागि ल्याएको वार्षिक बजेटको सत्तापक्षबाटै आलोचना भएको छ । सत्तापक्षको एक घटक राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले बजेट पपुलिस्ट भएको आरोप लगाएका हुन् ।
व्यवस्थापिका संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यो बजेट सुन्नलाई रमाइलो छ । तर, कार्यान्वयनमा जटिल छ । बजेट पपुलिस्ट भयो ।’
उनले बजेटबारे पार्टीमा छलफल गरेर थप धारणा बनाउने बताए ।






