लन्डन- बेलायतको संसद भवन अगाडि पार्लियामेन्ट स्क्वायरमा आज साँझ बुद्ध जयन्ती मनाइने भएको छ ।
शुक्रबार साँझ ५:३० देखि ८:०० बजेसम्म पार्लियामेन्ट स्क्वायरमा मनाउन लागिएको बुद्ध जयन्ति कार्यक्रमलाई नेपाली राजदूतावास बेलायत, बेलायती सांसदहरु, विभिन्न संघसंस्था र त्यसका प्रतिनिधि लगायतको उपस्थिति रहने कार्यक्रमका मिडिया संयोजक एभरेष्ट गौतभले जानकारी दिए ।![4d48f7bc6ddc550eee914afbc19a3ddc[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/4d48f7bc6ddc550eee914afbc19a3ddc1.jpg)
बुद्ध जयन्तीका लागि करिब ६ दर्जन नेपाली संघसंस्थाहरु र एक दर्जन भन्दा बढी बेलायतबाट सञ्चालित सञ्चार माध्यमहरुले ऐक्यबद्धता जनाइसकेका छन् ।
सोहि अवसरमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बुद्ध जयन्तीको अवसरमा आफ्नो शुभकामना संदेश दिएका छन् । नेपाली दूतावासमार्फत पठाईएको उक्त शुभकामना संदेशमा नेपाल-बेलायत बिचको सम्बन्धले २०० वर्ष पूरा गरेको सम्झना गर्दै प्रधानमन्त्री क्यामरुनले बुद्धको जन्मभूमी नेपाल लगायत विश्वभरका बुद्ध धर्मावलम्बीहरुलाई २५६०औं बुद्ध जयन्तीको शुभकामना दिएका हुन् ।
तेस्तै गरि नवनिर्वाचित लन्डन मेयर सादिक खानले पनि आफू उपस्थित हुन नसकेको भन्दै शुभकामना शन्देश पठाएकाछन् कार्यक्रममा, नेपाली राजदुतावासका प्रतिनिधि, बेलायती सांसद वीरेन्द्र शर्मा, सांसद सीमा मलहोत्रा, कान्सिलरलगायत बुद्ध धर्म गुरु लामा पाल्देन तामाङ, संघसंस्थाका प्रतिनिधि, सर्वसाधारणको उल्लेखनीय सहभागिता हुने बताइएको छ






