लमजुङ– पश्चिम लमजुङमा यात्रुवहाक बस दुर्घट्ना हुँदा ९ जनाको घटनास्थलमै ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्वर ५, अन्तर्गत टक्सार तामाखानीको भीरमा बस दुर्घटना भएको हो ।
तनहुँको सदरमुकाम दमौलीबाट लमजुङको जिताकोटतर्फ जाँदै गरेको ना ६ ख ४१३६ नम्वरको बस साँझ दुर्घटना भएको हो । दुर्घट्नामा परि ज्यान गएकाहरु हाल मध्यनेपाल १ (पहिलाको जिता गाविस) जिताकोटका रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार मध्यनेपाल १, जिताकोट का रमा गुरुङ, रामकृष्ण गुरुङ, चिनमाया गुरुङ, राजिन गुरुङ, शेरवहादुर खवास, गणेश गुरुङ, मिनाकुमारी गुरुङ, सविना गुरुङ र नारायण थापा रहेका छन् ।
दुर्घटनामा अन्य नौ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारको लागि दमौली, पोखरा लगिएको स्थानीय राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
बस दुर्घट्ना पछि जिताकोट गाँउ शोकमय भएको छ । एउटै गाउँका नौ जनाको ज्यान गएपछि गाउँ शोकमा डुवेको छ ।
साविकको तान्द्राङ टक्सार र जिता गाविसको सिमाना स्थित साल्मेडाँडाबाट बस दुर्घटना भएको थियो । बस सडकबाट तीनसय मिटर भन्दा तल खसेको रेग्मीले बताउनुभयो । दुर्घटनाबारे समचार थप विवरण आउन बाँकी छ ।्






