काठमाडौं, ४ जेठ । पूर्व सभासद शान्ता चौरीले आन्दोलनरत मधेसवादी दलहरुलाई सरकारसँग टेबलमा बसेर वार्ता गर्न आग्रह गरेकी छिन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका मधेसवादी दललाई सम्बोधन गर्दै शान्ताले सामाजिक सञ्जाल फेसबुकबाट वार्ता गर्न जोड दिएकी हुन् ।
उनले राजधानी केन्द्रीत आन्दोलन, सिंहदरबार, बालुवाटार, शीतलनिवास घेर्दैमा माग पूरा हुने अपेक्षा नराख्न सुझाव समेत दिएकी छिन् ।
उनले चेतावनी दिँदै लेखेकी छिन्- ‘बर्षौदेखि थिचोमिचो गर्ने भारतीय बिस्तारवादले महिनौ दिन नाकाबन्दी गर्दा त कुनैपनि राष्ट्रघाति सम्झौता नगरी पेलेर अगाडी बढ्ने सरकारले काठमाडौंका सिंहदरबार, बालुवाटार अनि शीतलनिबासमा आन्दोलन गर्दैमा माग पूरा गर्लान भन्ने अपेक्षा नराख्नुस् ।’
उनले ‘राष्ट्र र राष्ट्रियताप्रति तपाईंहरु गम्भिर हुनुहुन्छ भने सरकारसँग बार्ताको टेबलमा बसेर समस्या समाधान गर्नुहोस । आन्दोलनले झन तपाईंहरुमा समस्या थपिन सक्छ’ भनेकी छिन् ।
आन्दोलनरत दललाई शान्ता चौधरीको चेतावनी







