लन्डन । नेपाली युथ एशोसिएसन र साउथ ईस्ट रिजनल तमुधिको सयुक्त आयोजनामा यही मे १४ तारिखमा ग्रिनवीच कप फुटबल तथा भलिबल प्रतियोगिता हुने भएको छ ।
यो बेलायतमै पहिलोपटक अरु प्रतियोगिताभन्दा भिन्न तरिकाले हुने आयोजकको भनाइ छ ।
उलविचको रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा २० भन्दा बढी फुटबल टोली र ६ भलिबल टोलीको सहभागिता रहने संयोजक ह्यारी गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफीसहित १५ सय पाउण्ड नगद पुरस्कार प्राप्त गर्नेछ ।
रोयल ग्रिनविच एफसी टिम म्यानेजर दिपेन गुरुङका आनुसार खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले क्वाटरफाइनलमा पुग्ने टोलीहरुलाई समेत २ सय पाउण्ड नगदको पुरस्कार प्रदान गरिनेछ ।
यसअघि सन २०१५ को प्रतियोगिता मंगोलियन भाञ्जाले जितेको थियो ।
भलिबल खेलका संयोजक राजन खकुरेलका अनुसार भलिबल प्रतियोगिताका लागि पनि आवश्यक तयारी अघि बढिरहेको छ ।
ग्रिनविचच कपपछि ग्रिनवीच एफसीको आयोजनामा सांझ वीलवीचस्थित लोटस क्लबमा दाजुभाई ब्याण्डको विशेष प्रस्तुतिमा म्युजिक फेस्टिवल पनि हुदै छ ।







