कनकमणि दीक्षितलाई आज अदालत लगिने, पक्राउको सर्वत्र विरोध

kanak mani dixitकाठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा राखेका हिमाल मिडियाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई आज अदालत लगिँदैछ ।

अकस्मात् स्वास्थ्य अवस्था बिग्रेपछि शनिबार देखि वीर अस्पतालको सघन उपचार कक्षमा उपचाररत उनलाई म्याद थपका लागि विशेष अदालत लैजाने तयारी गरिएको छ ।

अस्पतालको चिकित्सकको अनुमति दिएपछि अदालत लगिने तयारी गरिएको अख्तिायार प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए ।

उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि दीक्षितलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको थियो । अनुसन्धानमा असहयोग गरेको भन्दै अख्तियारले दीक्षितलाई शुक्रबार पक्रेको थियो ।

यसैबीच, भारत, अमेरिका, बंगलादेशसहित बिभिन्न देशमा कार्यरत तीन दर्जनभन्दा बढी लेखक, बुद्धिजीवि, पत्रकार तथा सम्पादकहरुले पत्रकार दीक्षितलाई तत्काल रिहा गर्न नेपाल सरकारसमक्ष माग गरेका छन् ।