पेरिसको सार्ली एब्दो साप्ताहिक पत्रिकामा हमला गरेका हमलाकारीहरू फेला पारेको दाबी | भिडियो

http://अहिले त्यहाँ कम्तिमा पाँच वटा हेलिकोप्टरले निगरानी गरिरहेका छन् । हमलाकारी लुकेको भवनको माथि हेलिकोप्टर स्थिर राखेर निगरानी गरिएको छ । सुरक्षा निकायले त्यहाँका वासिन्दालाई घरबाट ननिस्कन आव्हान गरेको छ । बासिन्दाहरूलाई झ्यालतिर नहेर्न भनेका छन् । अहिले हातहतियारले सुसज्जित हजारौं सुरक्षाकर्मी त्यहाँ परिचालित गरिएको छ । अपरेशनकालागि चार सय सुरक्षाकर्मी तैनाथ छन् । त्यसमध्ये दुई सय जना अग्र पंक्तिमा गएर हमला गर्न सक्ने छन् । तिनलाई पक्राउ गर्न आवश्यक सुरक्षा अवस्था मिलाउन लागिएको हो । ति अब कतैबाटपनी भाग्न नसक्ने अधिकारिहरूले दाबी गरेका छन् ।