नेप्लीज हार्ट फाउन्डेशन युकेको सहयोग

IMG_2944काठमाडौं— नेप्लीज हार्ट फाउन्डेशन युकेले भूकम्प प्रभावित विद्यालयहरुलाई ५० लाख रुपैयाँ बरबरको सहयोग उपलब्ध गराएको छ ।

नुवाकोट नर्जा मण्डप- ६ स्थित श्री सीताधर्म प्राथमिक विद्यालयको पुनः निर्माणका लागि रु ४ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

संस्थाले साँखुको शंकरापुर नगरपालिका वडा नम्बर १५ स्थित श्री राष्ट्रिय उच्च माध्यामिक विद्यालयलाई प्रिन्टर सहित पाँचवटा कम्प्युटर हस्तान्तरण गरेको छ । त्यसैगरी सोही वडामा एकसय कम्बल, पाल, औषधि र खाद्यान्न पनि वितरण गरिएको छ ।

सिन्धुपाल्चोकको फुल्पिङकोट वडा नम्बर ३ स्थित लक्ष्मीदेवी माध्यामिक विद्यालयका तीन सय भन्दा बढी विद्यार्थीहरुलाई स्टेशनरी सर सामान वितरण गरिएको छ । साथै जस्तापाता, कपडा, कम्बल र खाद्यान्न उपलब्ध गराइएको छ ।

यो सहयोग जुटाउन फाउन्डेशनका साथै युनाइटेड हेल्पिङ ह्याण्ड्स नेपाल र रिबिल्ड नेपाल फाउन्डेशन युकेको पनि सहभागिता थियो । नेप्लीज हार्ट फाउन्डेशन युकेका ट्रष्टी तथा महासचिव ध्रुव केसीले यी सहयोग संस्थाको तर्फबाट गत साता हस्तान्तरण गर्नुभयो । उहाँले आगामी दिनमा पनि फउन्डेशनले विद्यालय र स्वास्थ्य चौकीहरुलाई सहयोग पुर्‍याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।