काठमाडौं- सभापति पदमा पराजित कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफ्ना मतदाताहरुलाई धन्यवाद दिएका छन् ।
बत्तीसपुतलीको अनुपम पार्टी प्यालेसमा शनिबार विहान आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा सिटौलाले महाधिवेशनबाट प्राप्त मतले उभिइरहने म्याण्डेट दिएको बताए ।
‘बस्न सजिलो हुन्छ, तर उभिइरहन गाह्रो हुन्छ, गिरिजाबाबुले बिश्राम मेरो डायरीमा छैन भन्नुहुन्थ्यो, हामी पनि उहाँकै चेला चपेटा हौं, अब हामी परिवर्तनको पक्षमा उभिनुपर्छ,’ उनले भने ।
कार्यक्रममा उपस्थित महामन्त्रीका पराजित उम्मेद्वार गगन थापाले चुनावी परिणामबाट आफू विचलन नभएको तर झनै उत्साह थपिएको बताए । पार्टीमा खुट्टा कमाउनेहरुमात्रै छैनन्, दह्रोसँग खुट्टा टेक्ने युवाहरु पनि छन् भन्ने महाधिवेशनले स्पष्ट पारको थापाले बताए ।






