कांग्रेसको महामन्त्री र कोषाध्यक्ष पदको मतगणना जारी

nepali-congress-flag-554x400काठमाडौं- नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भएको मतदानको महामन्त्री र कोषाध्यक्ष पदको मतगणना भैरहेको छ । निर्वाचन समितिले दिएको पछिल्लो जानकारी अनुसार एक हजार तीन सय मत गनि सकिएकोमा महामन्त्री पदका उम्मेदवार शसांक कोइरालाले ५६४, अर्जुननरसिंह केसीले ४२८ र गगन थापाले २६९ र मत प्राप्त गरेका छन् ।
यस्तै, कोषाध्यक्ष तर्फ सितादेवी यादवले ३६९, चीत्रलेखा यादवले ४००, उमाकान्त चौधरीले १४५ र कष्णकार्की २७ मत प्राप्त गरेका छन् । सभापति पदका लागि भएको दोस्रो मतदानको परिणाम सार्वजनिक भएपछि महामन्त्री र कोषाध्यक्षको मतगणना भएको हो ।
कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत महामन्त्री र कोषाध्यक्ष पदको मतगणना कांग्रेस पार्टी कार्यालय सानेपामा सुरु भएको हो । दिउँसो १ बजेपछि मतगणना सुरु गर्ने तयारी भए पनि २ बजेपछि मात्रै मतगणना कार्य शुरु भएको थियो ।
तीन स्थानमा मतगणना भैरहेको निर्वाचन समितिका सदस्य कृष्ण गोपाल घिमिरेले जानकारी दिए । महामन्त्रीमा अर्जुननरसिंह केसी, शशांक कोइराला र गगन थापा प्रतिस्पर्धामा छन् भने कोषाध्यक्ष पदका लागि चित्रलेखा यादव, सितादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्की प्रतिस्पर्धामा छन् । केन्द्रीय सदस्यको मतगणना भने भोली बुधबार मात्रै सुरु हुने भएको छ ।