काठमाडौं- शुक्रबारबाट प्रदर्शनमा आएको युवा स्टार अनमोल केसी अभिनित फिल्म ‘ड्रिम्स’ले बक्सअफिसमा आक्रामक बिजनेसलाई जारी राखेको छ । उत्कृष्ट ओपनिङ गरेको फिल्मले प्रदर्शनको चौथो दिनसम्म पनि उत्कृष्ट लयलाई कायमै राखेको छ ।
आइतबारसम्म ‘ड्रिम्स’ले साढे दुई करोड बराबबरको बिजनेस गरेको निर्माण युनिट तथा वितरकहरुबाट जानकारीमा आएको छ । वितरक गोपाल कायस्थले तीन दिनमा फिल्मले २ करोडको बिजनेस आंकडा पार गरेको बताए । उनका अनुसार फिल्म सिंगल थिएटरमा भन्दा पनि मल्टिप्लेक्समा दर्शकको चाप उच्च छ।
अनमोल पिता भुवन केसीको डेब्यु निर्देशन रहेको यो फिल्ममा अनमोलसँग साम्राज्ञ्यलक्ष्मी शाह लिड रोलमा छिन् ।






