कञ्चनपुर- उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधानमा सबै जातजातिका अधिकार स्थापित भएकाले अब यसको कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद्ले भीमदत्तनगरमा आयोजना गरेको ‘सुदूरपश्चिमको विकास र चुनौती’ विषयको गोष्ठीमा रक्षामन्त्री रावलले विगतको नराम्रो संस्कारलाई छाडे मात्रै प्रगतिको बाटामा अगाडि बढ्न सकिन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सुदूरपश्चिममा थुप्रै सम्भावना छन्, ती सम्भावनाका बारेमा बृहत छलफल गरी सुदूरपश्चिम विकासको नमुना तय गर्नुपर्छ ।”






