लन्डन- पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति स्व. सुशील कोइरालाको १३ औं पूण्यतिथिमा लन्डनमा पनि श्रद्धाञ्जलि सभा भएको छ ।
नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा लन्डन नर्थहोल्टस्थित ब्लु अर्किड रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा लन्डनस्थित कांग्रेसका नेता, कार्यकर्ता एवं नेपाली शुभेच्छुकहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
कार्यक्रममा जनसम्पर्क समिति बेलायतका सल्लाहकार तथा अधिवेशन निर्वाचन समितिका संयोजक डा. सम्पूणर्ानन्द ढुंगाना, सल्लाहकार चिरञ्जीवी ढकाल, रणवीर योङहाङ, महेश दाहाल, नरकुमारी लिम्बू, श्रीमती बिना प्रसाईं, केशव भण्डारी, सूर्य नेम्वाङलगायतले कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।







