प्रधानमन्त्री भारतपछि चीन जाने

kp oliकाठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको एक महिनापछि उत्तरी छिमेकी चीन भ्रमण गर्ने बताएका छन् ।

एसियाली राजनीतिक पार्टीहरुको संस्था (आइक्याप) को नेपालमा लोकतान्त्रिक संक्रमण विषयक सम्मेलनमा मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले भारतबाट फर्केपछि चीन जाने बताएका हुन् । उनी आगामी शुक्रबार भारत भ्रमणमा जाँदैछन् ।

‘चार दिनपछि भारत भ्रमणमा जाँदैछु । भारतसँगको हाम्रो सदीयौंदेखिको सम्बन्ध अझै घनीभूत पार्नु तथा दुई देशबीच देखिएका असमझदारी हटाएर सामान्यीकरण गर्नु मेरो भ्रमणको उद्देश्य हो,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुको सम्बन्धलाई सरकारले विदेश नीति सञ्चालनको केन्द्रमा राखेको बताए ।