गगन, गुरु र प्रदीपले ल्याए कांग्रेस सुधारको प्रस्ताव

congress yound leadersकाठमाडौं- कांग्रेसका ३ युवा नेताले १३औं महाधिवेशनमा छलफलका लागि पार्टी सुधारको प्रस्ताव ल्याएका छन् ।

युवा नेता गगन थापा, प्रदीप पौडेल र गुरुराज घिमिरले पार्टीलाई नयाँ दिशाबाट अघि बढाउन सिद्धान्तमा पुनव्र्याख्या र संगठन पुनर्निर्माण अत्यावश्यक रहेको ठहर गर्दै प्रस्ताव ल्याएका हुन् । उनीहरूले पार्टीको सिद्धान्त र संगठन परम्परागत शैलीबाट अघि बढिरहेको निष्कर्षका साथ परिवर्तनका लागि प्रस्ताव प्रस्तुत गरेका छन् ।

कांग्रेसले संविधान निर्माणपछिको चरणको वैचारिक नेतृत्व लिनुपर्नेमा युवा नेताहरूले जोड दिएका छन् । संविधानको प्रयोग गरेर सबैको अधिकार स्थापित गर्न र सद्भाव बढाउने काम गर्न नसके समाजमा विग्रह चाहने अतिवादी प्रवृत्तिहरू सल्बलाउन थाल्ने उनीहरूको निष्कर्ष छ ।

उनीहरूले कांग्रेसले आफ्नो भोट बैंकका रूपमा रहेको तराई–मधेसका आन्दोलनलाई सम्बोधन गर्न अग्रसरता लिन नसके संविधान कार्यान्वयन कठिन हुने बताएका छन् ।