मधेसी मोर्चामा ३ दल थपिए

morchaकाठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा तीन दल थपिएका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा शुक्रबार बसेको मोर्चाको बैठकपछि मोर्चामा तीन दल थपिएर ७ पुगेको जानकारी दिइयो ।

शरत्सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झाको संघीय सद्भावना र राजकिशोर यादवको फोरम गणतान्त्रिक मोर्चामा आवद्ध भएका हुन् ।

थपिएका तीन दलले जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानसँग सहकार्य गर्दै आएका थिए ।