लण्डन । नेपाली समुदायसंग निकट रहेका बेलायती संसदको नेपाल मामिला हेर्ने सर्वदलीय समितिका सभापति तथा सांसद विरेन्द्र शर्माले पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको निधनप्रति दुख व्यक्त गरेका छन ।![12735859_10205693275800012_1895583091_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/02/12735859_10205693275800012_1895583091_n1-234x300.jpg)
बुधबार एक शोक वक्तव्य जारी गर्दै शर्माले कोइरालाको निधनलाई एक महान नेताको अवसान भनेका छन ।
कोइरालाको निधन भएको खबरले मलाई स्तब्ध बनाएको छ,’ शर्माको वक्तव्यमा भनिएको छ, ‘नेपालमा दिगो शान्तिको स्थापना र नयां संिवधानको निर्माणका निम्ति सफल नेतृत्व प्रदान गरेका उनी सांच्चीकै महान थिए ।’
विगतमा आफुले पनि कैयौंपटक कोइरालालाई भेटेको स्मरण गर्दै शर्माले विशेषत राजनीतिक विषयहरुमा उनको बुद्धिमानी र अन्तरदृष्टि आफुले कहिल्यै नबिर्सिने बताएका छन ।






