कोइरालाको निधनमा एनआरएन अध्यक्षको शोक बक्तव्य

लन्डन- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति गैरआवासीय नेपाली संघ एनारएनका अध्यक्ष शेष घलेले शोक व्यक्त गर्नुभएको छ ।

मंगलबार बिहान एक शोक बक्तव्य जारी गर्दै घलेले कोइरालाको निधनबाट एनआरएनले आफ्नो अविभावक गुमाएको जनाउनुभएको छ । विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा संविधान निर्माणमा अग्रणी भूमीका खेलेका सुशील कोइरालाको निधनले मुलुकले अपुरणीय क्षति ब्यहोरेको उल्लेख छ ।

पूर्व प्रधानमन्त्री कोइरालाको निधनले गैरआवासीय नेपाली अभियानका मार्गदर्शक तथा एउटा असल अभिभावक गुमाएको महसुस गरेको विज्ञप्तिमा जनाइएको छ ।

sushil NRN