भ्यालेन्टाइन डेमा भारतबाट एक गुलाव ल्याइने

Valentine-Roses-1काठमाडौं- प्रणय दिवस (भ्यालेन्टाइन डे) को लागि यो वर्ष भारतबाट एक लाख वटा प्रेमको प्रतिक मानिने रातो गुलाफ ल्याइने भएको छ ।

गर्मी समयमा नेपालमा उत्पादन हुने फूलले नै माग पूरा गर्ने भए पनि जाडोको समयभर बढी मात्रामा रातो गुलाफ प्रयोग हुने भएकाले भारतबाट फूल आयात गर्न लागिएको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो । आयात गर्न लागिएको एक लाख फूलको मूल्य रु ३० लाखदेखि रु ४० लाख पर्ने बताइएको छ ।

विशेषगरी फेबु्रअरी १४ तारीखको दिन प्रेमी पे्रमीकाले उपहारको रुपमा एक आपसमा रातो गुलाफ आदान प्रदान गर्ने गर्दछन् । फूल आगामी मङगलबारसम्म आइसक्नेछ । हाल नेपालमा रातो गुलाफ दैनिक पाँच हजारदेखि सात हजार आवश्यक पर्ने बताइएको छ । गर्मीको समयमा स्वदेशी उत्पादनले र जाडोको समयमा भारतबाट आयात गरी माग पूरा गर्ने गरिएको छ ।

गतवर्ष पनि प्रणय दिवसका लागि भारतबाट एक लाख वटा नै रातो गुलाफ ल्याइएको थियो । बर्सेनि आयात कम गर्ने भनिए पनि भूकम्पका कारण यसवर्ष फूलखेती त्यति फस्टाउन नसकेकाले गत वर्षको जतिनै फूल आयात गर्नु परेको अध्यक्ष गैरेले बताउनुभयो ।